सार्वजनिक हुदैँ सामसङ ग्यालेक्सी एस–२१ एफइ
काठमाडौँ – केही समययता सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–२१ एफइ’को चर्चा बढिरहेको छ। गत वर्ष सार्वजनिक भएको ‘ग्यालेक्सी एस–२० एफइ’को सफलतापछि कम्पनीले सो नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ। अब भने उपभोक्ताहरु यही फोनको प्रतिक्षामा छन्।
ग्याजेट ३६०का अनुसार नयाँ ‘ग्यालेक्सी एस–२१ एफइ’ अर्को वर्ष सार्वजनिक हुनेछ। पहिले यो स्मार्टफोन यही अक्टोबर महिनामा बजारमा आउने भनिएको थियो, तर लिक्सहरुले सन् २०२२ को जनवरीमा सार्वजनिक हुनसक्ने अनुमान गरेको छ।
रोस योंग र जोन प्रोसेसर जस्ता नामी टिप्सटरहरुले पनि ट्विटरमा सामसङको ‘ग्यालेक्सी एस–२१ एफइ’ अर्को वर्षको जनवरी ११ मा बजारमा आउने बताएका छन्। हालसम्म कम्पनीले यसबारे कुनै आधारिक जानकारी नदिएको हुनाले यो केबल अनुमान गरिएको मिति भएको उनीहरुले जनाएका छन्।
यसैगरी सामसङको आउँदो कार्यक्रम ‘ग्यालेक्सी अनप्याक्ड पार्ट २’ यही अक्टोबर २० मा हुने भनिएको थियो, तर कम्पनीले कस्ता उपकरण आउने भनेर कुनै जानकारी दिएको छैन।