Banking Khabar
अन्तराष्ट्रिय

नोभेम्बर ८ देखि ३३ देशमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाउँदै अमेरिका

October 19, 2021
सेयर:

काठमाडौं– अमेरिकाले नोभेम्बर ८ देखि कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका ३३ देशका यात्रीका लागि सीमा खुला गर्ने भएको छ।

ह्वाइट हाउसले घोषणा गरेको पछिल्लो नियमअनुसार यात्रा गर्नुभन्दा अगाडि ७२ घण्टाभित्र कोरोना भाइरसको परीक्षण गरेर नेगेटिभ नतिजा आएको प्रमाण देखाउने यात्रीलाई पनि प्रवेशको अनुमति दिइनेछ।

नयाँ नियम २६ यूरोपेली देशका साथै ब्राजिल, बेलायत, चीन, भारत, इरान आयरल्यान्ड र दक्षिण अफ्रिकालाई लागू हुने जनाइएको छ।

योसँगै गत वर्षको सुुरुदेखि यात्रामा लगाइएको कठोर प्रतिबन्ध अन्त्य हुनेछ । यो नीति सार्वजनिक स्वास्थ्य, कठोर अनि सुसंगत नीतिद्वारा निर्देशित भएको ह्वाइट हाउसले जनाएको छ।