ईङवा हाइड्रोले १९ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट
३ कार्तिक २०७८, बुधबार १४:१७
३ काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले १०० रुपैयाँ अंकित दरका १९ लाख ६० हजार कित्ता साधारण सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको सो मात्राको साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्न लागेको हो ।
सो साधारण सेयरको सार्वजनिक निश्कासनका लागि कम्पनीले निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त नियुक्ति सम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोको तर्फबाट सञ्चालक सतिश न्यौपानेले हस्ताक्षर गरेका हुन् । ईङवा हाइड्रोले ताप्लेजुङ्ग जिल्लामा ९.७ मेगावाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।