Banking Khabar
Heading1

थाहा पाउनुहोस् बैंकहरूले मुद्दतीमा तोकेको नयाँ ब्याजदर कुनको कति पुग्यो ? (सूचिसहित)

October 21, 2021
सेयर:

काठमाडौँ – बैंक तथा वित्तीय संस्थाहरूले मुद्दती बचतमा कात्तिक १ गतेबाट लागू गरेको ब्याजदर फिर्ता गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

विभिन्न बैंकहरूले कात्तिक ३ र ४ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर आफ्नो वेबसाइटमा सार्वजनिक गरेका हुन्।

पहिले धेरै बैंकहरूले मुद्दती बचतमा दस प्रतिशतभन्दा माथि ब्याज दिएका थिए।

राष्ट्र बैंकले मंगलबार राती निर्देशन जारी गर्दै बैंकहरूलाई बढाएको ब्याजदर फिर्ता लिइ बुधबारसम्म नयाँ ब्याजदर सार्वजनिक गर्न भनेको थियो।

अनुसार बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।

अहिले अधिकांश बैंकले मुद्दतीमा अधिकतम ब्याजदर ९.३६ प्रतिशत पुर्‍याएका छन्।

राष्ट्र बैंकद्वारा जारी निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरूले जुनसुकै प्रकारको निक्षेपको ब्याजदर निर्धारण गर्दा अघिल्लो महिनाको ब्याजदरको बढीमा १० प्रतिशतले मात्र परिवर्तन गर्न सक्नेछन्।

हेर्नुहोस् बैंकहरूले मुद्दतीमा बचतमा कात्तिक ३/४ गतेदेखि लागू हुने गरी तोकेको ब्याजदरः

बैंक मुद्दतीको ब्याज अधिकतम (प्रतिशतमा)
एनआइसी एसिया ९.३६
सिद्धार्थ बैंक ९.३६
सिभिल ९.३६
सेन्चुरी ९.३६
कुमारी ९.३६
प्राइम ९.३६
एनएमबी ९.३६
माछापुच्छ्रे ९.३६
सिटिजन्स ८.८०
ग्लोबल आइएमई ९.३६
हिमालयन ९.३६
सनराइज ९.०६
कृषि विकास ८.८५
नबिल ९.३६
मेगा ९.३६
एसबिआई ९.३६
राष्ट्रिय वाणिज्य ८.३६
प्रभु ८.५७
नेपाल ८.३६
एभरेस्ट ९.३६
सानिमा ९.०६
एनआइसी ९.३६