Banking Khabar
Heading1

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

October 21, 2021
सेयर:

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले यही कात्तिक महिनादेखि अनलाइनमार्फत् मुद्दती खाता खोल्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको छ। डिजिटल बैंकिङ प्रविधिको सदुपयोग गर्दै आफ्ना ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था गरेको हो।

यो सेवा लिनका लागि बैंकको इजी बैंक प्लाटफर्म प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहजरुपमा अनलाइनमार्फत् मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्ने जनाएको छ। ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरको फाइदा लिनसक्ने बैंकको भनाइ छ।

‘पहिले यो सेवा बैंकको मोबाइल बैंकिङ एप सिद्धार्थ बैंक स्मार्टबाट मात्र प्रदान गर्दै आएको थियो। अब ग्राहक महानुभावहरुले घरबाटै इजी बैंक वा बैंक स्मार्ट प्रयोग गरी मुद्दती खाता खोल्न सक्नुहुनेछ,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।