काठमाडौँ – निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूमध्ये सरकारलाई सबैभन्दा बढी भुक्तानी गर्ने कम्पनी बनेको छ ।
एनसेलले गत आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई विभिन्न कर र शुल्क शीर्षक अन्तर्गत झण्डै २७ अर्ब रुपैयाँ तिरेको छ । एनसेलले दूरसञ्चार सेवा प्रदायक अन्य कम्पनीहरूले भन्दा धेरै रकम भुक्तानी गरेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको गत आवको प्रतिवेदन अनुसार निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले दूरसञ्चार सेवा शुल्क वापत ४ अर्ब ६९ करोड रुपैयाँ सरकारलाई तिरेको छ ।