बिहीबार यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी
४ कार्तिक २०७८, बिहीबार १२:०१
४ कार्तिक, काठमाडौं । आज सबैभन्दा धेरै मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् ।
आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर २,५५६ दशमलव ९६ को विन्दुमा कायम भएको छ । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिटिजन्स म्युचअफ फण्ड २ का इकाईधनीले ५ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले ४ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् ।
यस्तै आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ८७ प्रतिशतका दरले गुमाएका छन् । गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले ५ दशमलव ०९ प्रतिशतका दरले गुमाएका छन् ।