सामलिङ्ग पावरको आईपीओमा १४ गुणा बढी आवेदन
५ कार्तिक, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गते बिहीबार देखि निष्काशन गरेको शेयरमा १४ गुणा भन्दा बढी आवेदन परेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार शुक्रबार ४ बजेसम्ममा ७ लाख ८३ हजार ८१३ आवेदकबाट ९६ करोड १५ लाख ७९ हजार रुपैयाँ बराबरको ९६ लाख १५ हजार ७९० कित्ता शेयर माग गरेको छ ।यो सर्वसाधारणलाई छुट्याएको ६ लाख ७८ हजार ९०० कित्ताको १४.१६ गुणा बढी हो ।
कम्पनीले कात्तिक ४ गते देखि सर्वसाधारणमा आईपीओ विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याईएको ७ लाख ३० हजार कित्ता आइपीओ निष्कामध्ये १४ हजार ६ सय कित्ता कर्मचारीको लागि ,३६ हजार ५ सय कित्ता म्युचुअल फण्डको लागि सुरक्षित गरी बाँकी ६ लाख ७८ हजार ९ सय कित्ता आइप्ीओ सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो
यो आईपीओ खरिदका लागि कात्तिक ८ गते सम्म आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गरेको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । लगानीकर्ताले सि आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फता आइपीओमा आवेदन दिन सक्नेछन् ।