स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा, के के छन् एजेण्डा
५ कार्तिक २०७८, शुक्रबार १३:२६
५ कार्तिक, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १३औं वार्षिक साधारण सभा कात्तिक २७ गते हुने भएको छ । संस्थाको १३औं साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुने कम्पनीले जनाएको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारीत गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ११ गतेसम्मका शेयरधनी मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।