कुमारी बैंकको नयाँ शाखा सिफलमा

५ कार्तिक २०७८, शुक्रबार १४:२९

५ कार्तिक, काठमाडौं । कुमारी बैंकले काठमाडौंको सिफलमा नयाँ शाखा विस्तार गरी कारोबार शुरु भएको छ । काठमाडौं महानगरपालिका–८ स्थित सिफलसमेत गरी बैंकका बागमती प्रदेशमा ८४ शाखा पुगेको बैं।कले जनाएको छ ।

सिफल शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा र उत्पादनशील व्यवसायमा संलग्न स्थानीयलाई वित्तीय सहयोग गरिने बैंकले जनाएको छ ।

हाल बैंकले १९६ शाखा, १७३ एटीएम, १४ विस्तारित काउन्टर, ३३ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *