पलसँगको सम्बन्धको विषयमा यस्तो छ समीक्षाको स्पष्टीकरण
गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँग आफ्नो कुनैपनि सम्बन्ध नरहेको बताएकी छन् । केही दिनदेखि मिडिया आफ्नो र पलकाबीच सम्बन्ध रहेको भन्दै विभिन्न समाचार बन्न थालेपछि उनले यो स्पष्टीकरण दिएकी हुन् । पलसँग जोडेर आफ्नो विषयमा बनाइएको समाचारले आफूलाई निकै दुखी बनाएको उनले सामाजिक सञ्जालमार्फत बताएकी छिन् । उनले पल आफ्नो अभिभावक भएको समेत जिकिर गरेकी छिन् ।
उनले अगाडि भनेकी छन्, ‘समाचारले हामीलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पुर्याएको छ । यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौ ।’ उनले केही सञ्चारमाध्यमले बनाएको समाचारप्रति तीव्र असन्तुष्टि जनाउँदै भनेकी छिन्, ‘मैले यो अपेक्षा गरेको थिइनँ ।’
मलाई समीक्षा अधिकारी बनाउनु हुने मेरा सम्पूर्ण दर्शक श्रोताज्यूहरुमा हार्दिक नमन गर्दछु । पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यूसँग जोडेर हुँदै नभएको कपोकल्पित समाचारहरु आएका छन् । यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन् । जसले मेरो चरित्र हत्या भएको छ । यसका साथसाथै पलजीको करिअरमाथि आँच आउने किसिमले सस्तो प्रचारबाजी गरिएका छन् । यसो नगर्नु हुन अनुरोध गर्दछु । बिना स्रोत अफवाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पुर्याएको छ, यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौँ ।
एउटै इण्डस्ट्रीजमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ, जुन माया उहाँले आफूसँग जोडिएका सबै सहकर्मीहरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ । मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ । म उहाँको सदैव फ्यान पनि हुँ, र हामीबीचमा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल साथमा काम गरिरहेको छौँ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौँ । राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरुले पनि यसरी मानहानी र चरित्रहत्या हुने किसिमले लेखिएका समाचारले निकै दुखी छु । मैले यो अपेक्षा गरेको थिइनँ ।
म जे छु, जहाँ छु यो सब मेरा भगवानरुपि दर्शक श्रोताको देन हो र हजुरहरुलाई कुनैपनि कुराले निराश गर्न सक्दिनँ र गर्ने छैन । मेरो बारेमा मिडियामा आएका झुटा समाचारप्रति घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडि नलाग्नु हुन हार्दिक अनुरोध गर्दछु । अन्त्यमा सम्पूर्ण पत्रकारज्यूहरुलाई पनि हार्दिक निवेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जीवनमा आँच आउने मानहानी तथा चरित्र हिन हुने किसिमको समाचार नबनाउनु होला ।
सबैलाई धेरै धेरै माया