एभरेष्ट बैंकको लाभांश प्रस्ताव
१२ कार्तिक २०७८, शुक्रबार ०७:३६
काठमाडौं– एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो।
बैंकले बोनस सेयर र नगद लाभांशसमेत गरी कुल १० दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
हाल ८ अर्ब ८९ करोड रुपैयाँ रहेको बैंकको चुक्तापुँजी प्रस्तावित बोनस सेयर वितरणपछि ९ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ पुग्नेछ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।