Banking Khabar
Heading2

सूर्या लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

October 31, 2021
सेयर:

काठमाडौं– सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्स सञ्चालक समितिको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांशमध्ये १२.७० प्रतिशत बोनस सेयर र ०.६६८४ प्रतिशत नगद लाभांश रहेको हो।
प्रस्तावित लाभांश सेयरधनीलाई वितरण गर्नुअघि बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारण सभाबाट पारित हुनुपर्नेछ।

प्रस्तावित बोनस वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार १२२ रुपैयाँ पुग्नेछ।