सैनिक सेवामा १० वर्ष पूरा गरे पनि श्रीमान् वा श्रीमतीका नाममा घर नरहेका सकलदर्जालाई सहुलियतपूर्ण ब्याजदर ३.३२ प्रतिशतमा आवास निर्माण गर्न २५ लाख रुपैयाँसम्मको आवास कर्जा उपलब्ध हुने जनाइएको छ।
सेनाले आवास कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकसँस सहकार्य गरेको छ। प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारिणी अधिकृत, राष्ट्रिय बीमा संस्थानका प्रशासक र नेपाली सेनाका तर्फबाट सैनिक कल्याणकारी महानिर्देशकबीच त्यससम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो।