औषधी गुणले भरिपूर्ण जटामसी
शिक्षा र स्वास्थ्य
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
१. तलैदेखि पात पलाउने, राता तथा खैरा प्रशस्त रेसाहरूको काण्ड छोपिएको यो एक महत्त्वपूर्ण वनस्पति हो । यसको फूलको रङ्ग गुलाबी सेतो हुन्छ र फूलहरू एउटै झुप्पोमा फुल्दछन् । यसको उपयोगी अङ्ग भनेको काण्ड हो ।
जटामसीको जरालाई नटुटाइकन काण्डहरु निकाली पानीमा राम्रोसँग सफा गर्ने । त्यसपछि छायाँमा राम्रोसँग सुकाउने अनि आवश्यक मात्रालाई कुट्ने । यसरी कुटेर तयार पारिएको ३-४ ग्राम जटामसीको धुलोमा थोरै बीरेनुन, भुटेको जिरा, ज्वानोलाई पिसेर मनतातो पानीसँग सुत्नुभन्दा आधा घण्टा पहिले दिनहुँ दुई तीन पटक सेवन गर्नाले अनिन्द्रा हट्छ । खानामा रुचि बढ्छ ।
२. जटामसीको जरालाई हल्का पिसेर पानीमा १२ घण्टा भिजाएर मिचमाच गरी छानेर खानाले गर्दा सर्दी नास गर्छ । पिसाबको मात्रा बढाउँछ।
३. ३-४ ग्राम जटामसी चूर्णमा एक दुई चम्चा मह मिलाई एक गिलास दुधसँग सेवन गर्नाले मस्तिष्क तथा नाडी तन्तुहरूलाई तागत दिन्छ । मनको चञ्चलता हटाउँछ ।
४. यो औषधि रक्त चापका रोगीहरूको लागि उपयोगी छ । उन्माद (बौलाहपन), छारे रोगका रोगीहरूको लागि पनि यसको प्रयोगले राम्रो फाइदा गर्छ ।
५.जटामसी चूर्णमा थोरै मह वा चिनी र कागतीको मिश्रण गरी लेप बनाउने । उक्त लेपलाई कपाल, अनुहारमा लगाई मनतातो पानीले सफा गर्नाले कपाल र मुहारलाई सुन्दर र आकर्षक बनाउँछ ।
साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट
सम्बन्धित खबर
९ वटा जिल्ला कोभिड-१९ को ‘रेड जोन’ मा
२७ मंसिर २०८२, शुक्रबार
नेपालको आर्थिक कठिनाइबारे प्रतिवेदन तयार गर्दै आईएमएफ
२७ मंसिर २०८२, शुक्रबार
मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल
२७ मंसिर २०८२, शुक्रबार
