निर्यात बढ्दा पनि किन घटेन ब्यापार घाटा ?
नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको आथिृक रिपोर्ट अनुसार निर्यातमा बृद्धि भएको छ । पहिलो आर्थिक त्रैमासिक रिपोर्टको असोज महिनामा देखिएको विवरण अनुसार आर्थिक वर्ष २०७८र७९ को तीन महिनामा कुल वस्तु निर्यात १०९।५ प्रतिशतले वृद्धि भई रु।६५ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४।३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४७।१ प्रतिशत, १९।४ प्रतिशत र २७।२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो ९पोलिष्टर तथा अन्य०, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७८÷७९ को तीन महिनामा कुल वस्तु आयात ६३।७ प्रतिशतले वृद्धि भई रु।४७८ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२।७ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४८।४ प्रतिशत, ५५।२ प्रतिशत र १२४।२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, सुन लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्पm कन्चनपुर, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७८÷७९ को तीन महिनामा कुल वस्तु व्यापार घाटा ५८।३ प्रतिशतले वृद्धि भई रु।४१३ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५।१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३।६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०।६ प्रतिशत रहेको थियो ।
निर्यात आयात व्यापार घाटा
समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी रु।५४ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु।३३ अर्ब ९२ करोड बराबरको भएको थियो । वैदेशिक व्यापारको संरचना ।
वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४१।७६ प्रतिशत र ५८।२२ प्रतिशत रहेको छ भने पूँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०।०३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको कुल निर्यातमा मध्यवर्ती, पूजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३२।६ प्रतिशत, ०।९ प्रतिशत र ६६।५ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३।० प्रतिशत, पूँजीगत वस्तुको ११।० प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३६।० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५१।२ प्रतिशत, १३।१ प्रतिशत र ३५।७ प्रतिशत रहेका थिए ।
निर्यात–आयात मूल्य सूचकाङ्क
वार्षिक विन्दुगत आधारमा २०७८ असोज महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ९ग्लष्त ख्बगिभ क्ष्लमभह० १०।४ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क १३।९ प्रतिशतले बढेको छ । २०७७ असोज महिनामा ५।१ प्रतिशतले बढेको व्यापारको शर्त असोज महिनामा ३।१ प्रतिशतले घटेको
छ ।