शनिबार नर्भिकमा निःशुल्क ओपिडी हुने

४ मंसिर २०७८, शनिबार ०८:१५

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएका छन् ।

नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा।विनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा। सगुन जोशीले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् ।
समस्याबाट पीडित बालबालिकाले डा। विनिता र हाडजोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरुले डा। सगुनको निःशुल्क ओपिडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ ।

बालरोग विशेषज्ञ डा। जोशीले बिहान १० बजेदेखि १२ बजेसम्म र हाडजोर्नी रोग विशेषज्ञ डा। जोशीले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपिडी सेवा दिनेछन् ।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *