तरलता अभाव कायमै रहँदा बजारमा व्याजदरको उतारचढाव

७ मंसिर २०७८, मंगलवार ०४:२०

बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा उतार चढाव भइरहने देखिएको छ । यसको प्रभाव सेयर बजारमा पनि देखिन थालेको छ । हालको सेयर बजार अस्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकले बेंकवित्तलाई व्यमजदर बढाउनमा अंकुश लगाएपछि महिनैपिच्छे केही मात्रामा व्याजदर बढाउन भने बैंकवित्तलाई बाटो खेल्ला छ । बैंकवित्तले केही समय अघि व्याजदर बढाएपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो ।

बजारमा तरलताको अबस्था देखिएपछि त्यसलाई पूर्ति गर्न राष्ट्र बैंकले ट्रेजरी विलका साथै रिपो मार्फत रकम पठाइरहेको छ । दुइमहिनाको अबधिमा राष्ट्र बैंकले करिव १ खर्ब बराबरको रीपो जारी गरीसकेको छ । बजारमा बैंकिङ तरलता कम गर्न नेपाल राष्ट्र बैंकले हालै ६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । राष्ट्र बैंकले ९१ दिन र १८२ दिनका लागि गरी ६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको हो । जस अनुसार ९१ दिनको लागि १० करोडको ट्रेजरी बील र १८२ दिनको लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरियो ।
बजारमा देखिएको तरलताककै कारण व्याजदरको उतारचढाबमा तिब्रता आएको हो । यसलाई राष्ट्र बैंकले चालु मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा केही सहजीकरण गर्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले मंसीर पहिलो साता मौद्रिक नीतिको समिक्षा गर्ने भएको छ । मौद्रिक नीतिमा सीडी रेसीयो खुकुलो बनाउने चर्चा छ । तथापी गभर्नर महाप्रसाद अधिकारीले भने बैंकहरुकै कारण रकम अभाव देखिएको बताउँदै आउनुभएको छ ।

नेपाल राष्ट्र बैंकले बैंकहरुले निक्षेप भन्दा कर्जा प्रवाह अत्याधिक गरेका कारण तरलता समस्या पैदा भएको निश्कर्षमा पुगेको छ । चालु आबको पछिल्लो अवधिमा बैंकहरुले कर्जा प्रवाह करीव चार गुणा बढी कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले कर्जा प्रवाहमा कुनै रोक नलगाउँदा बैंकहरुले अत्याधिक कर्जा प्रवाह गरेको अबस्था छ । वाणिज्य बैंकहरुमा हाल तरलताको अबस्था देखिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकहरुले निक्षेप ७० अर्ब उठाएर ३५२ अर्ब रुपैयाँ ऋण दिएको भन्दै यो सही कार्य नभएको र यसले समस्या उत्पन्न गराएको बताउँदै आउनुभएको छ । उहाँले बैंकहरुले निक्षेप कम उठाएर धेरै लगानी गरेका कारण तरलता बढेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *