१५ औं वर्षमा गरिमा विकास बैंक

७ मंसिर २०७८, मंगलवार १६:१८

ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेकाे गरिमा विकास बैंक आज (मंसिर ७ गते) आफ्नो स्थापनाकालको १४औं वर्ष पेरा गरी १५ औं वर्षमा प्रवेश गरेकाे छ ।

बैंकले वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम र नयाँ शाखा कार्यालयहरुको कारोबार शुभारम्भ गरेकाे छ ।
बैंकले केन्द्रिय कार्यालय – लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा पनि वृहत रक्तदान कार्यक्रम संचालन गरेकाे थियो । काठमाडौंमा सम्पन्न भएको रक्तदान कार्यक्रममा यस बैंकले ओम् हस्पिटल एण्ड रिसर्च सेन्टर सँग सहकार्य गरेको हो । उक्त कार्यक्रमबाट १,१५५ प्वाइन्ट रगत संकलन भएको छ ।
यस्तै निरन्तर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले वार्षिकोत्सवको अवसर पारेर एकसाथ ५ वटा शाखा कार्यालयहरुको कारोबार शुभारम्भ गरेको छ । बैंकले पथरी शाखा (मोरङ्ग), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथ कारोबार शुभारम्भ गरेकाे हो । यस सँगै गरिमा विकास बैंकको शाखा संजाल ११५ पुगेको छ ।

नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा ११५ शाखा कार्यालय १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग कारोबार गर्दै ६७.१६ अर्ब निक्षेप संकलन र ६१.२१ अर्ब कर्जा लगानी गरेको छ ।

करिब ६ लाख निक्षेप एवं कर्जा खाताहरु मार्फत ग्राहक माझ संचालनमा रहेको यस विकास बैंकले निरन्तर आफ्नो वासलात एवं अन्य प्रमुख वित्तिय सुचकहरुमा सन्तोषजनक प्रगति गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *