सिभिल बैंक ११ औ वर्षमा प्रवेश

१० मंसिर २०७८, शुक्रबार १७:३६

काठमाडौँ । सिभिल बैंकले विभिन्न कार्यक्रम आयोजना गरी ११औँ वार्षिकोत्सव मनाएको छ ।

संचालक समितिका अध्यक्ष प्रतापजङ्ग पाण्डको प्रमुख अतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा बिभिन्न सेवाहरुको थालनीको साथै विविध कार्यक्रमहरुको आयोजना गरीे वार्षिकोत्सव मनाइएको हो ।

बैंकमा ५ वर्ष/ १० वर्षदेखि अतुत सेवा प्रदान गरेका बैंक कर्मचारीहरुलाई पनि अभिनन्दन गरेको छ । बैंकले एघारौं वर्ष पार गर्दासम्म करिव रु. ९२ अर्ब निक्षेप संकलन गरी करिव रु. ८८ अर्ब ऋण लगानी गरेको छ । यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा रु. २९.१८ करोड खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १० वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा संचालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *