Banking Khabar
Heading1

नेपाल बैंकद्वारा पनौतीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

December 6, 2021
सेयर:

नेपाल बैंकको आयोजनामा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका – १० मा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल बैंक खोपासी शाखाकोे सहकार्यमा हिमालय माावि खोपासीमा आयोजित कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले गरेका थिए ।

सो अवसरमा उनले निकै ठूलो प्रयासपछि मात्र सो क्षेत्रमा नेपाल बैंकको शाखा स्थापना भएको स्मरण गर्दै यस क्षेत्रका बासिन्दाहरुलाई डिजिटल वित्तीय चेतना अभिवृद्धि गर्न डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिए।

कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले खोपासी क्षेत्रलाई प्राथमिकतामा राखि कार्यक्रमहरु सञ्चालन गरिरहेको उल्लेख गर्दै बैंकले ग्राहकको चाहना अनुसार प्रतिस्पर्धी मूल्यमा गुणस्तरिय बैकिङ्ग सेवा उपलब्ध गराइरहेको बताए ।

पनौती नगरपालिका – १० का वडा अध्यक्ष मोहनबहादुर भण्डारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।