Banking Khabar
Heading1

नबिल बैंककाे ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक

December 10, 2021
सेयर:

नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ। बिहीबार बैंकले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत् सरल बैंकिङ सेवाको अनुभव गराउनका लागि डिजिबैंक पोर्टल सार्वजनिक गरेको हो ।

नबिल डिजिबैंक पोर्टलको सार्वजनिक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहले गरेका हुन् । सिइओ शाहले पोर्टल सार्वजनिक कार्यक्रममा बोल्दै मानिसको दैनिकी प्रविधिसँग जोडिएको बताए । उनले अब हरेक काम प्रविधिमैंत्री बन्दै गएकाले नबिल बैंकले पनि बैंकिङ कारोबार मात्रै नभएर सबै सेवा अनलाइनमार्फत दिनको लागि डिजिबैंक पोर्टलको सुरुवात गरेको बताए ।

सिइओ शाहले नविल बैंकले कोभिड–१९ भन्दा अगाडि डिजिटलका कुरा गरे पनि प्रयोगमा नआएको बताउँदै कोभिड–१९ को महामारीपछि बजारको माग अनलाइन डिजिटल प्रविधि भएको बताए । उनले नबिल बैंकले कम्प्युटराइज बैंकबाट सुरु गरेको यात्रा अब साँच्चिकै डिजिटल बैंकको विकास गर्ने गरी नबिल डिजिबैंक पोर्टल सुरुवात भएको बताएका छन्।

अब उक्त पोर्टलबाट नबिल बैंकका ग्राहकहरूले एकद्वार प्रणालीमार्फत् सेवाहरू प्राप्त गर्न सक्नेछन्। बैंकले ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न पोर्टलमार्फत् उत्पादन/सेवा सुरुवात गरेको छ। नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल/एसएमई लोन आवेदनलगायतका सेवा उपलब्ध हुनेछन् ।

साथै, आगामी दिनमा थप अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको बैंकले बनाएको छ। यसैगरी नबिल भर्चुअल आईकार्ड नबिल स्मार्टबैंक एफ भित्र इम्बोस्ड गरिएको सेवा हो। जसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोड गरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्नेछन् । साथै, ब्यालेन्स टपअप पनि गर्न सकिन्छ।