गरिमा विकास बैंकको शाखा धनकुटा र चन्द्रगढीमा पनि

१३ पुष २०७८, मंगलवार ०५:५४

‘Access to All’ मुल नारा सहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढीमा चन्द्रगढी शाखा संचालनमा ल्याएको छ ।

यस सँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *