हिमालय एअरलाइन्सले पायो आईएसओ प्रमाणिकरण, आीईएसओ पाउने पहिलो वायुसेवा कम्पनी

११ माघ २०७८, मंगलवार ०४:०९

काठमाडौं । नेपाल– चीन संयुक्त लगानी भएको निजी क्षेत्रको हवाई कम्पनी–हिमालय एअरलाइन्स् आई.एस.ओ ९००१ : २०१५ गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणिकरण भएको छ ।

कम्पनीलाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आई.एस.ओ ९००१ : २०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण अन्तरराष्ट्रिय मानकीकरण संगठन (आई.एस.ओ) ९००१ : २०१५ बाट प्रमाणिकरण गर्दै गत डिसेम्बर २९, २०२१ मै सम्मानित गरिएको थियो ।

कम्पनीले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहन सम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिमलगायतका गुणस्तरीय सेवा प्रणाली व्यवस्था गरे वापत उक्त प्रमाणिकरण प्राप्त गरेको हो ।

कम्पनीले यसपूर्व अर्थात् अगस्त २०२० मा हवाईजहाज मर्मत–सम्भार तथा उड्डयन सम्बन्धी इञ्जिनीयरिङ्ग सेवावापत आई.एस.ओबाट प्रमाणिकरण पाइसकेको छ ।
आई.एस.ओ ९००१ : २०१५ विश्वव्यापी रुपमै मान्यता प्राप्त स्तरिय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनकालागि आई.एस.ओद्वारा प्रतिपादित र प्रकाशित एक प्रभावशाली मानक हो ।

आफ्नो व्यवस्थापकीय समूहलाई बधाई ज्ञापन गर्दै कम्पनीका अध्यक्ष झो एन्योङ्गले हिमालयका लागि आई.एस.ओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गर्नु अत्यन्तै गर्वको अवसर हुनुकासाथै सबैको सामूहिक प्रयासको उत्कृष्ट प्रतिफल भएको बताएका छन् ।

उनले कम्पनीका लागि यो एक निरन्तर प्रक्रिया रहेको र आगामी दिनमा पनि व्यवस्थापनलाई अझै परिस्कृत पार्ने, सेवाका स्तरहरु उकास्ने र आवश्यक सबै नीति–नियमहरुको उचित अनुपालन गर्दै स्तरीय व्यवस्थापनमा अझै जोडका साथ लागि पर्ने प्रतिवद्धत्तासमेत दोहोर्‍याएका छन् ।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय व्यवस्थापन टोलीका लागि यो वास्तवमै एक उल्लेखनीय उपलब्धि भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *