साना लगानीकर्ताको सुरक्षा प्रत्याभुत हुने वातावरण बनाउने ; नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष

९ फाल्गुन २०७८, सोमबार ०५:१०

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पुँजी बजारमा साना लगानीकर्ताको सुरक्षा प्रत्याभुत हुने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबार धितोपत्र बोर्डमा पदभार ग्रहण गर्दै हमालले बहुसंख्यक लगानीकर्ता साना रहेकाले उनीहरुको अस्तित्वविना बजारमा स्थायित्व कायम गर्न नसकिने बताए ।

पुँजीबजारको नियामक निकायको नेतृत्वमा रहँदा आफूले बजारको विकास र विस्तारका साथै सुशासन कायम गर्न लागिपर्ने उनले बताए । ‘पुँजी बजारको स्थायित्व, औजारहरुको विविधिकरण र साना लगानीकर्ताको संरक्षण नै मेरो प्राथमिकता हुनेछ,’ उनले भने, ‘देश विदेशमा सिकेको अनुभव अब नेपालको पुँजीबजारको विकास र विस्तारमा लगाउने छु ।’ सरकारले गत बिहीबार हमाललाई करिब २ वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । उनको कार्यकाल विस २०८० पुस २४ मा सकिनेछ ।

हमाल नेपाल विद्युत् प्राधिकरणका पूर्वकर्मचारी हुन । उनले भारतबाट इलेट्रिकल इन्जिनियरिङ र थाइल्याण्डको एआईटीबाट एमबीए गरेका छन् । सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएको भेटिएपछि यसअघिका अध्यक्ष भिष्मराज ढुङ्गानालाई सरकारले बर्खास्त गरेको थियो । सरकारले ढुङ्गानालाई असोज तेस्रो साता बर्खास्त गरेको थियो । त्यसयता बोर्डमा अध्यक्ष खाली थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *