एमसीसीलाई राष्ट्रिय संकटको विषय भन्दै अर्थमन्त्रीद्वारा राष्ट्रिय सहमतिमा जोड

१३ फाल्गुन २०७८, शुक्रबार ०३:३६

अर्थमन्त्री जर्नादन शर्मा एमसीसी सदनमा टेबल गर्दा अनुपस्थित रहे । अर्थमन्त्रीको हैसियतले उनको मन्त्रालयसँग सम्बन्धित विषयमा टेबल गर्नुपर्ने उनैले थियो ।

आज प्रतिनिधि सभामा एमसीसीबारे छलफलका लागि बैठक डाक्दा उनी काठमाडौं बाहिर थिए । बैठक सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरे ।

पर्वत उद्दोग वाणिज्य संघको ४६औं स्थापना दिवसमा सम्बोधन गर्दै शर्माले एमसीसीलाई राष्ट्रिय संकटको विषयको संज्ञा दिए । यसले समाज र पार्टीहरुलाई विभाजित बनाएकाले समस्या बढ्न नदिन तत्काल राष्ट्रिय सहमतिमा जोड दिए ।

शर्माले भने,‘एमसीसी राष्ट्रिय संकटको इस्यु बनेको छ । समाज र पार्टीहरुलाई विभाजनमा ल्याएको छ । त्यसबाट बच्न राष्ट्रिय सहमति बनाउनुपर्ने आवश्यकता छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *