युट्युव च्यानलको इजाजतपत्र अनिवार्य, दर्ता शुल्क पाँच लाख
सरकारले मिडिया/भिडियो स्ट्रिमिङ, भीओडी, अनलाइन टिभी, सञ्चालन गर्न सूचना तथा प्रशारण विभागबाट अनुमति लिनुपर्ने कानूनी व्यवस्था गरेको छ ।
सरकारले राष्ट्रिय प्रसारण नियमावली २०५२ को ११औं संशोधन मार्फत यस्ता सेवा दिने कम्पनीले नेपालभित्रै क्यास सर्भर राखेर सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । यसले युट्युब च्यानल लगायतका प्रसारण प्लेटफर्मलाई नियन्त्रण तथा नियमनको बाटो पनि खुलेको छ ।
सूचना तथा प्रसारण विभागका अनुसार अब नेटफि्ल्क्स, अमेजन प्राइम, युट्युब प्रिमियम, हटस्टार, सोनी लिभजस्ता प्लेटफार्महरुले पनि नेपालमा सेवा दिन अनुमति लिनुपर्नेछ बाध्यकारी भएको बताएको छ । यो संगै अब विदेशका कम्पनीले नेपालमा सेवा दिने भए तोकिएका शर्त पूरा गरेर करको दायरामा समेत आउनूपर्नेछ ।
ओटीटी सेवा प्रदायकले आफ्ना कार्यक्रमहरुलाई तीन भागमा विभाजन गर्नुपर्नेछ । बालबालिका र सबै उमेर समूहलाई उपयुक्त हुने कार्यक्रमलाई ‘यू’ रेटिङ दिनुपर्ने छ । १० वर्षदेखि १८ वर्षसम्मका लागि उपयुक्त हुने कार्यक्रमलाई ‘आर’ र १८ वर्षभन्दा माथिका लागि मात्रै उपयुक्त हुने कार्यक्रमलाई ‘ए’ रेटिङ दिनुपर्ने छ ।
ओटीटीहरुले इजाजतपत्रका लिन एक करोड रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने भीओडीका लागि २ लाख र टेलिभिजनहरुले आफैंले आफ्नो वितरण नेटवर्कमा टेलिभिजन कार्यक्रम प्रसारण गर्ने इजाजत लिन १० लाख रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । अनलाइन टेलिभिजनको इजाजत लिन ५ लाख रुपैयाँ लाग्ने व्यवस्था नियमावलीमा गरिएको छ । यो व्यवस्थाअनुसार सरकारले युबट्युब च्यानललाई अनुमति लिन बाध्य बनाउन सक्नेछ ।
सम्बन्धित खबर
संसद् बैठक बस्दै, आजबाट एमसीसीमाथि छलफल
२७ मंसिर २०८२, शुक्रबारजेनजी आन्दोलनमा मालपोत अभिलेख जलेपछि श्रेस्ता कायममा झन्झट, ११ थरी कागजात माग
२७ मंसिर २०८२, शुक्रबार
माछापुच्छ्रे बैंक २२ वर्षमा, २० वर्षभन्दा बढी समय काम गर्ने कर्मचारी सम्मानित
२७ मंसिर २०८२, शुक्रबार
