एक रुपैयाँको नयाँ सिक्का ल्याउँदै राष्ट्र बैंक, के-के छन् विशेषता ?

२५ फाल्गुन २०७८, बुधबार ०६:२०

नेपाल राष्ट्र बैंकले भाेलि (फागुन २५ गते, बुधबारदेखि) एक रुपैयाँ दरको सिक्का प्रचलनमा ल्याउँदैछ ।

साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका एक रुपैयाँ दरका सिक्का भाेलिदेखि बजारमा पठाइन लागिएको हो ।

राष्ट्र बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला छन् ।

सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re. One र तल्लो भागमा देवनागरीमा एक रुपैयाँ लेखिएको छ । सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको दायाँतर्फ फरक क्षमता (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने एउटा माेटाे थोप्ला रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *