बढ्दो ब्याजले व्यवसाय संकटमा

१ चैत्र २०७८, मंगलवार ०४:२७

विराटनगर — सुनसरी–मोरङ क्षेत्रका उद्योगीले पूर्वप्रधानमन्त्री एव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री जनार्दन शर्मालाई आइतबार ज्ञापन बुझाउँदै बढ्दो बैंक ब्याजदरले व्यवसाय संकटमा परेको बताएका छन् ।

मुलुकको आर्थिक मेरुदण्ड मानिएको निजी क्षेत्रका उद्योग र व्यवसायले बढ्दो ब्याजदरको मार खेप्नुका साथै हाल पुँजी अभावका कारण धराशायी बन्दै गएको संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले बताए । मुलुकको स्वदेशी लगानी, रोजगारी, उत्पादकत्वसहित समग्र अर्थतन्त्र नै धरापमा परेको र यसलाई नियन्त्रणका लागि आवश्यक पहल गर्न उनले आग्रह गरे ।

वाणिज्य बैंकहरूले हाल संस्थागत निक्षेपमा १० प्रतिशतसम्म ब्याजदर कायम गरेको र आगामी चैतमा बैंक ब्याजदर ११ प्रतिशतसम्म पुग्न सक्नेसमेत सम्भावना देखिएको उल्लेख गर्दै तत्कालका लागि संस्थागत निक्षेपमा अधिकतम ६ प्रतिशत बैंक ब्याजदर कायम गराउन र तरलता अभावको समस्या न्यूनीकरण गराउन सम्बन्धित निकायलाई कदम चाल्न पहल गर्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *