आईएमएफले उच्च मुद्रास्फीतिसँग जुध्न अर्जेन्टिनालाई ४४ अर्ब अमेरिकी डलर सहयोग गर्ने
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को कार्यकारी बोर्डले अर्जेन्टिनालाई देशको ऋण दिगोपन सुदृढ गर्न र उच्च मुद्रास्फीतिको सामना गर्न ४४ अर्ब अमेरिकी डलर विस्तारित व्यवस्थालाई अनुमोदन गरेको, आईएमएफले जनाएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यकारी बोर्डले अर्जेन्टिनाको ४४ अर्बको विस्तारित कोष सुविधाअन्तर्गत ३० महिना विस्तारित व्यवस्थालाई अनुमोदन गरेको शुक्रबार सो संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आईएमएफले सार्वजनिक वित्तलाई सुदृढ पार्ने र निरन्तर उच्च मुद्रास्फीतिलाई कम गर्न शुरु गर्ने लक्ष्य राखेको छ ।
अर्जेन्टिनाले असाधारण आर्थिक र सामाजिक चुनौतीहरूको सामना गरिरहेको छ, जसमा निराशाजनक प्रतिव्यक्ति आय, उच्च गरिबीको स्तर, लगातार उच्च मुद्रास्फीति, भारी ऋणको बोझ र कम बाह्य बफरहरू छन् । यस पृष्ठभूमिमा अधिकारीहरूको आर्थिक कार्यक्रमले व्यववहारिक र यथार्थपरक उद्देश्यहरू सेट गर्दछ, बृहत् आर्थिक स्थायित्वलाई सुदृढ गर्न र अर्जेन्टिनाका गहिरो बसेका चुनौतीहरूलाई सम्बोधन गर्नका लागि विश्वसनीय नीतिहरूका साथसाथै, आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले बताएकी छन् ।