भारतको ‘रुपे’ डिजिटल कार्ड नेपालमा पनि प्रयोगमा ल्याइदै
२१ चैत्र २०७८, सोमबार ०६:३७
भारतको ‘रुपे’ डिजिटल कार्ड नेपालमा पनि प्रयोगमा ल्याइने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलमा यसको उद्घाटन गरेका हुन् ।
यो भारतको राष्ट्रिय भुक्तानी निगमले जारी गरेको कार्ड हो । भारतको भुक्तानी प्रणालीलाई एकीकृत गर्न जारी भएको कार्डलाई अब नेपालका बैंकहरुले पनि प्रयोगमा ल्याउन सक्नेछन् ।
‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै रूपे कार्डलाई पनि नेपालको बैंकले जोड्न सक्नेछन् । ‘रुपे’ कार्डबाट नेपालमा पनि भुक्तानीको सुविधा दिइनेछ।
सोसिअल मेडिया