बिलासिताको वस्तु आयातमा रोक
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकले लिएको नीति अनुसार बिलासिताको वस्तु आयात नगर्न अनुरोध गर्नुभएको छ । मंगलबार चोभारमा सुख्खा बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले बिलासिताको वस्तु आयात नगर्न व्यवसायीसँग आग्रह गर्नुभयो । देउवाले वस्तुको सुख्खा बन्दरगाहले जाँचपासमा सहज बनाउने व्यापारले प्रभावकारीसँगै लागत कम बनाउने र आयात निर्यातमा टेवा पुग्ने पनि बताउनुभयो ।
अर्थमन्त्री जनार्दन शर्माले समुन्द्रबाट सिँधै सडकमा जोडिएको बताउँदै अबदेखि व्यवसायीको लागत कम र सहज हुन बताउनुभयो । आयातमुखी देश बन्दै गएकाले आगामी दिनमा कृषिजन्य वस्तु निर्यातमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
इन्टरमोडलका कार्यकारी निर्देशक आशिष गजुरेलले अबदेखि सहज तरिकाले आयात निर्यात हुने बताउनुभयो । उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले काठमाडौंको बन्दरगाहले व्यवसायीलाई सहज हुने बताउनुभयो ।
चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आयात तथा निर्यातमा सहज बनाउने बन्दारगाहमा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टिन र कोल्ड स्टोरको व्यवस्था गरी प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बन्दारगाह निर्माणले कोशेढुङ्गा सावित भएको बताउनुभयो ।