वैशाखमा ब्याज नबढाउने बैंकका सीईओहरुबीच सहमति
२८ चैत्र २०७८, सोमबार ०४:४०
वाणिज्य बैंकहरूको छाता संस्था नेपाल बैंकर्स संघले वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको छ । आइतबार बसेको संघको बैठकले वैशाखमा ब्याज नबढाउने निर्णय गरेको हो ।
नेपाल बैंकर्स संघका कार्य समिति सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संघले ब्याजदर नबढाउने निर्णय गरेको बताए । बैंकर्सबीच ब्याज नबढाउने निर्णय भएसँगै अब ११.०३ प्रतिशतको ब्याजले निरन्तरता पाउनेछ ।