पुनर्कर्जा दिने सुविधा थप कटौती गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले कोरोनाको विभिन्न लहरबाट प्रभावित व्यवसायहरूलाई राहत दिने उद्देश्यले कोषमा भएको भन्दा चार गुणासम्म पुनर्कर्जा दिने सुविधा थप कटौती गर्ने तयारी गरेको छ ।
राष्ट्र बैंकमा रहने यस्तो कोषको रकमको चार गुणासम्म पुनर्कर्जा सुविधा राष्ट्र बैंकले बैंकहरूमार्फत् व्यवसायीहरूलाई दिँदै आएको थियो । उक्त कोषमा भएको भन्दा बढी रकम दिँदा नोट छापेरै वा छापेर पनि चलनचल्तीमा आइनसकेको मुद्रा प्रणालीमा पठाइएको हो ।केही समयअघि पनि राष्ट्र बैंकले यस्तो पुनर्कर्जा सुविधा खुम्च्याएको थियो । हाल पुनर्कर्जा कोषमा करिब ५१ अर्ब रूपैयाँ छ ।
आर्थिक वर्ष फागुन अन्त्यसम्म भने राष्ट्र बैंकले एक खर्ब ६ अर्ब पुनर्कर्जा स्वीकृत गरेको छ । हाल यस्तो कर्जा अन्तर्गत प्रवाह भएको एक खर्ब २० अर्ब रूपैयाँ लगानीमै रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
राष्ट्र बैंकले केही समयअघि मात्रै पुनर्कर्जाको ब्याजदर पनि बृद्धि गरेको छ । यसअघि लघु, घरेलु तथा साना उद्यममा जाने कर्जा र साधारण पुनर्कर्जामा बैंकहरूले ग्राहकसँग ५ प्रतिशतसम्म ब्याजदर लिन पाउँथे । हाल यसलाई बढाएर ७ प्रतिशत पु¥याइएको छ । राष्ट्र बैंकले भने बैंकहरूसँग यस्तो रकममा ५ प्रतिशतसम्म ब्याज लिन्छ । ब्याजदर बढाउनुअघि भने राष्ट्र बैंकले बैंकहरूसँग अधिकतम ३ प्रतिशत ब्याज लिँदै आएको थियो ।
पुनर्कर्जाको ब्याजदर वृद्धिले थप मारमा व्यवसायी !
नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर बढाएको छ । राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर २ प्रतिशतले बढाएर ७ प्रतिशत पुर्याएको हो । कोरोना महामारीका कारण थला परेको उद्योग व्यवसायदेखि समग्र अर्थतन्त्रलाई माथि उठाउन राष्ट्र बैंकले पुनर्कर्जाको व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकले हालै पुनर्कर्जा कार्यविधि २०७८ को चौथो संशोधनमार्फत यसअघि ५ प्रतिशत रहेको यस्तो ब्याजदरलाई ७ प्रतिशत कायम गरेको छ । बैंकका ग्राहकले लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा ७ प्रतिशत, विशेष पुनर्कर्जामा ५ प्रतिशत र साधारण पुनर्कर्जाअन्तर्गत ७ प्रतिशत ब्याज लिन पाउने भएका छन् ।
बैंकले भने राष्ट्र बैङ्कमार्फत क्रमशः ४ प्रतिशत, २ प्रतिशत र ५ प्रतिशत ब्याजदरमा पुनर्कर्जा पाउनेछन् । ग्राहक ऋणीअनुसार प्रदान गरिने पुनर्कर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीका लागि, लिक्विड अक्सिजन प्लान्ट तथा अक्सिजन प्लान्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैङ्कले तोकेका ग्राहक ऋणीका लागि छ महिना अवधिको हुने कार्यविधिमा उल्लेख छ ।
यता कोभिडले थलिएका व्यवसायहरू लयमा फर्कन लागि रहेको बेला ब्याजदर वृद्धिले थप मारमा परेको व्यवसायी बताउँछन् । नेपाल ऊनी फेल्ड उत्पादक तथा निर्यात संघका अध्यक्ष अमृत खड्का पुनर्कर्जाको ब्याजदर वृद्धिले उत्पादन लागत बढ्ने र साना व्यवसायीहरु प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुग्ने बताउँछन् ।
नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्डमान शाक्य भने बैंक तथा वित्तीय संस्थाले पुनर्कर्जामा लिँदै आएको ब्याजदर बढ्दा हस्तकला व्यवसायमा प्रत्येक्ष प्रभाव पारेको बताउँछन् । उनी भन्छन्, ‘राष्ट्र बैंकको यो निर्णयले निर्यात व्यवसायीलाई प्रत्येक्ष प्रभाव पारेको छ ।’
एक खर्ब ६ अर्ब बढी पुनर्कर्जा स्वीकृत
नेपाल राष्ट्र बैंकले माघ महिनासम्म एक खर्ब ६ अर्ब १० करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको छ । यो पैसा २४ हजार २६८ जना ऋणीलाई दिइने छ । ग्राहाकको मूल्यांकनको आधारमा प्रदान गरिने पुनर्कर्जा बापत १३ अर्ब ६४ करोड रुपैयाँ स्वीकृत गरिएको हो ।
राष्ट्र बैंकका अनुसार यो कुल १०३ जनाले पाएका छन् । यसमध्ये विशेष पुनर्कर्जा ३ अर्ब ५० करोड गएको हो । यो २० जनाले लिएका छन् । साधारण पुनर्कर्जा १० अर्ब १४ करोड गएको छ । यो ८३ जनाले लगेका छन् ।
एकमुष्ट प्रदान गरिने कर्जा ९२ अर्ब ४६ लाख रुपैयाँ गएको छ । यो २४ हजार १६५ जनाले लगेका हुन् । यसमध्ये लघु तथा घरेलु साना उद्यम पुनर्कर्जा ८ अर्ब १० करोड गएको छ भने विशेष पुनर्कर्जा ८ अर्ब ७९ अर्ब गएको छ । साधारण पुनर्कर्जा ७५ अर्ब ५८ अर्ब रुपैयाँ गएको छ ।
राष्ट्र बैंकका अनुसार प्रदेश १ मा कुल पुनर्कर्जाको १२.२० प्रतिशत दिएको छ । आधाभन्दा बढी पुनर्कर्जा वाग्मति प्रदेशकाले पाएका छन् । उनीहरुलाई ५२.२३ प्रतिशत दिइएको छ । मधेस प्रदेशलाई ३.६१ प्रतिशत, गण्डकीलाई १८.२१ प्रतिशत, लुम्बिनी प्रदेशलाई १३.०२ प्रतिशत र सूदूरपश्चिमलाई सबैभन्दा कम ०.७२ प्रतिशत दिइएको छ ।
पुनरकर्जा के हो ? कसरी लिने ?
एक व्यक्ति वा व्यवसायले ब्याज दर, भुक्तानी तालिका, र अघिल्लो क्रेडिट सम्झौताको सर्तहरू संशोधन गर्न लिइने कर्जालाई नै पुनरकर्जा भनिन्छ । पुनरकर्जा भन्नाले वित्त पोषण भन्ने बुझीन्छ । सामान्यतया, जब तपाइँ पुरानो कर्जा चुक्ता गर्न एक नयाँ कर्जा लिनुहुन्छ भने यसलाई पुनरकर्जाको रुपमा लिइन्छ । पुनरकर्जाको अर्थ मूलतः फेरि सबैको लागि आवेदन दिनु हो । हाल कोरोना राहत प्याकेज कार्यक्रम अन्तर्गत सरकारले ६० अर्बको पुनरकर्जा कोषलाई बढाएर १ खर्ब रुपैयाँ पुर्याएको छ । वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले ६० अर्बको पुनरकर्जा कोषलाई १ खर्ब बनाउने निर्णय भएको बताएका थिए ।
चालु आर्थिक वर्षको हालसम्म ३५ अर्ब भन्दा बढी पुनरकर्जा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई तोकिएका शर्तहरुको अधीनमा रही पुनरकर्जा सुविधा उपलब्ध गराउँदछ ।
(१) साधारण पुनरकर्जा :
(क) जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरुले संचालन गर्ने उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग र भौतिक पूर्वाधार निर्माण उद्योगमा प्रवाह भएको असल कर्जाको धितोमा वार्षिक ३.० प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ । यस्तो पुनरकर्जा प्रदान गर्दा औद्योगिक व्यवसाय ऐन, २०७३ मा उल्लेख भएका अति अविकसित र अविकसित क्षेत्रका उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिइने छ । (उत्पादनमूलक उद्योग भन्नाले चुरोट, विडी, सिंगार, सूर्ती, खैनी लगायत सूर्तिजन्य उद्योग र मदिरा तथा मदिराजन्य उद्योग बाहेकका उत्पादनमूलक उद्योगहरुलाई जनाउने छ ।)
(ख) पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, माथिल्लो मुस्ताङ, गढीमाई, जनकपुरधाम, रारा तथा खप्तड क्षेत्रमा सुविधा सम्पन्न स्तरीय होटल स्थापना गर्न प्रदान गरिएका असल कर्जाको सुरक्षणमा वार्षिक ३ प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ ।
(ग) साधारण पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ७.० प्रतिशतभन्दा बढी ब्याज लिन पाईने छैन ।
(२) विशेष पुनरकर्जा
(क) नेपाल सरकारबाट तोकिएका रूग्ण उद्योग, घरेलु तथा साना उद्योग, वैदेशिक रोजगारीको लागि प्रवाह भएको कर्जाको धितोमा वार्षिक १.० प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ ।
(ख) अष्ट्रिच पालन, अलैंची खेती र मौरी पालन गरी निर्यात गरेमा निर्यात बराबरको रकम नबढ्ने गरी असल कर्जाको धितो सुरक्षणका आधारमा वार्षिक १ प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ ।
(ग) दलित, जनजाति, उत्पीडित, महिला, विपन्न वर्ग तथा समुदायका व्यक्तिद्वारा संचालित साना व्यवसायमा प्रदान गरिएको असल कर्जाको धितो सुरक्षणमा वार्षिक १.० प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराइने छ ।
(घ) विशेष पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट वार्षिक ३.० प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन्।
(३) निर्यात पुनरकर्जा
(क) निर्यात व्यवसायी फर्म÷कम्पनीलाई निर्यात सम्बन्धी कागजातको आधारमा नेपाली मुद्रामा प्रवाह गरेको कर्जा र निर्यात प्रवद्र्धन उद्योगलाई प्रवाह भएको असल कर्जाको धितोमा वार्षिक १.० प्रतिशत दरमा निर्यात पुनरकर्जा उपलब्ध गराइने छ ।
(ख) निर्यात पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट वार्षिक ३.० प्रतिशतभन्दा बढी ब्याज लिन पाईने छैन ।
(ग) निर्यात अन्तर्गत विदेशबाट विदेशी मुद्रा आम्दानी भएको अनुगमन सम्बन्धित बैंक तथा वित्तीय संस्थाले गर्नु पर्नेछ । साथै यस्तो भुक्तानी प्राप्त भएको मितिले चार कार्यदिनभित्र पुनरकर्जाको साँवा तथा ब्याज एकमुष्ट रुपमा भुक्तानी गर्नु पर्नेछ ।
घ) निर्यात पुनरकर्जाको हकमा म्भझभम भ्हउयचतभच भई उत्पादन कार्यमा समेत संलग्न भएको खण्डमा उत्पादन कार्यमा लिएको कर्जा वा निर्यातको लागि लिएको कर्जा मध्ये कुनै एक तहको कर्जामा मात्र निर्यात पुनरकर्जा उपलब्ध गराइने छ ।
(४) साना तथा मझौला उद्यममा पुनरकर्जा
(क) परियोजना कर्जाको रुपमा साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित रू १५ लाखसम्मको असल कर्जाको धितो सुरक्षणमा वार्षिक २.० प्रतिशत ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराइने छ ।
(ख) यस्तो पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ५.० प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् ।
(५) “आगलागी एवम् वाढी तथा डुवानबाट पीडित घरपरिवारलाई आवासीय घर पुनर्निमाण र व्यवसाय पुनः संचालनका लागि प्रदान गरिने पुनरकर्जा “आगलागी एवम् वाढी तथा डुवानबाट पीडित घरपरिवारलाई आवासीय घर पुनर्निमाण र व्यवसाय पुनः संचालनका लागि प्रदान गरिने पुनरकर्जा कार्यविधि बमोजिम पुनरकर्जा सुविधा उपलब्ध गराउने छ ।
(६) पुनरकर्जाका शर्तहरु
(१) रुग्ण उद्योगलाई प्रवाह हुने पुनरकर्जा बाहेक अन्य पुनरकर्जा सुविधा असल कर्जाको धितोमा प्रदान गरिने छ ।
(२) केन्द्रीय बैंकबाट प्रवाह हुने कुल पुनरकर्जा सुविधाको सीमा बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशत भन्दा बढी हुने छैन ।
(३) पुनरकर्जा सुविधा उपयोग गर्ने बैंक तथा वित्तीय संस्थाले पुनरकर्जा वापत यस बैंकको नाममा तोकिएको ढाँचाको तमसुक गरिदिनु पर्नेछ ।
(४) पुनरकर्जा सुविधामा तोकिएको भुक्तानी अवधि अघि नै पूर्व–भुक्तानी हुन सक्ने छ । पुनरकर्जा भुक्तानी गर्दा साँवा र ब्याज सहित भुक्तानी गर्नु पर्नेछ । यस बैंकले ऋणी बैंक वा वित्तीय संस्थाको खाता खर्च म्भदष्त गरी रकम असुल उपर गर्न सक्ने छ । तोकिएको अवधिमा सावाँ-ब्याज असुल उपर हुन नसकेमा तीन प्रतिशत पेनाल ब्याजदर कायम गरी असुल गरिने छ ।
(५) पुनरकर्जाको अवधि बढीमा एक वर्षको हुनेछ । एक पटक लिएको पुनरकर्जा चुक्ता गरिसकेपछि मात्र पुनः पुनरकर्जा माग गर्न सकिनेछ ।
(६) पुनरकर्जा सुविधा प्राप्त गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुले पुनरकर्जाको मासिक विवरण महिना समाप्त भएको मितिले १५ दिनभित्र केन्द्रीय बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नु पर्नेछ ।