राष्ट्र बैंकका पाँचै संचालकको राजीनामा माग
९ बैशाख २०७९, शुक्रबार ०४:४८
शेयर विज्ञ एवं भ्रष्टाचार विरोधी अभियन्ता एक बहादुर क्षत्रीले राष्ट्र बैंकका संचालकको राजीनामा माग गर्नुभएको छ । उहाँले सर्वोच्चको अन्तरिम आदेशबाट पुनर्बहाली हुनुभएका गभर्नर महाप्रसाद अधिकारी, संचालक डा. निलम ढुंगाना, संचालक बम बहादुर मिश्र, अर्का संचालक मधुकुमार मरासिनी र अर्का संचालक सि.ए सुबोध कुमारको राजीनामा माग गर्नुभएको हो ।
उहाँले उक्त मागपत्र बिहीबार राष्ट्र बैंकमा दर्ता गराउनुभएको छ । उहाँको राजीनामा माग गरिएको पत्रमा अहिले राष्ट्र हुण्डी कारोबारको कारण संकटमा परेको, राष्ट्र बैंकले त्यसलाई रोक्न कुनै ठोस कदम चाल्न नसकेको लगायतका विषयलाई उल्लेख गरिएको छ । यस्तै उहाँले सात दिनभित्र ५ सयका नोटहरु र २ महिनाभित्र १ हजारका नोटहरु खारेज गर्न पनि माग गर्नुभएको छ ।