Banking Khabar
Heading2

कोइला अभावले भारतमा विद्युत संकट, दैनिक ८ घन्टासम्म लोडसेडिङ

April 23, 2022
सेयर:

बढ्दो गर्मी र कोइलाको भारी कमीका कारण भारतमा विद्युत संकट देखिएको छ।

विद्युतको बढ्दो मागका कारण भारतका पन्जाब, उत्तर प्रदेश र आन्ध्र प्रदेशजस्ता केही राज्यमा विद्युती कटौती गरिएको छ। केही ठाउँमा दैनिक आठ घन्टासम्म लोडसेडिङ भइरहेको भारतीय मिडियाहरुले जनाएका छन्।

भारतमा करिब ७० प्रतिशत विद्युत उत्पादन कोइलाबाट हुने गर्छ। तर, कोइलाको ओसारपसारका लागि रेलको उपलब्धता कम हुँदा र कोइलाको आयातमा आएको कमीका कारण आपूर्तिमा समस्या आएको हो। जसका कारण विद्युतको बढ्दो माग पूरा भइरहेको छैन।

कोरोना महामारीका कम भएपछि वृद्धि भइरहेको आर्थिक क्रियाकलाप र बढ्दो गर्मीका कारण भारतमा विद्युतको माग अत्यधिक वृद्धि भएको छ।

भारतमा कयौँ स्थानमा तापक्रम निरन्तर वृद्धि भइरहेको छ। जसका कारण भारतको मौसम विभागले ‘लु’को चेतावनी दिएको छ।

भारतीय मौसम विभागका अनुसार २० अप्रिलमा राजधानी नयाँदिल्लीको तापक्रम १०८.७ डिग्री फरेनहाइट (४२.६ डिग्री सेल्सियल)रेकर्ड भएको छ। जुन बितेको ५ वर्षकै सबैभन्दा बढी तापक्रम हो।

त्यस्तै मार्च महिनामा नेसनल एभरेज रेकर्ड ९२ डिग्रीसम्म पुगेको थियो। जुन सन् १९०१ पछिकै सबैभन्दा धेरै हो। –एजेन्सी