काठमाडौंको विकासका लागि बालेनले विद्युत प्राधिकरणलगायतसँग समन्वय र सहकार्य सुरु गरे

२२ जेष्ठ २०७९, आईतवार ०५:०२

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी आयोजना, सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय र सहकार्य सुरु गरेका छन् ।

बालेनले ती निकायका प्रमुखहरुलाई शुक्रबार बोलाएर छलफल गर्दै काठमाडौं क्षेत्रभित्रको विकास निर्माणको कामहरुलाई व्यवस्थित, मितव्ययी र प्रभावकारी बनाउन समन्वय र सहकार्य सुरु गरेका हुन् । यी निकायहरुबीच हरेक महिना पहिलो सोमबार दिउसो ३ बजे बैठक बस्ने सहमति पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *