अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कमजोर बन्दै नेपाली मुद्रा

१५ असार २०७९, बुधबार ०७:५५

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । डलरको भाउ बुधबार १२६ रुपैयाँ ३४ पैसा पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको विश्लेषणलाई आधार मान्ने हो भने डलरको भाउ अझै माथि जाने विश्वास गर्न सकिन्छ ।

छोटो समयमा तीव्ररूपमा डलरको भाउ बढ्दा नेपाली अर्थतन्त्र एकदमै प्रभावित बनेको छ । एकातिर डलरको भाउ महँगिने र अर्कोतिर पेट्रोलियमको बढ्दो मूल्यलाई डलरको भाउले समेत सघाउने हुँदा नेपाल लगायत संसारभरीका अर्थतन्त्र प्रभावित भइरहेका छन् ।

छोटो समयमै डलरको भाउमा आएको तीव्र वृद्धि अझै केही समय नथामिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि उत्तिकै कमजोर हुन्छ। भारतीयहरुका अनुसार, (१.६ ले तुलना गर्दा) आगामी केही दिन डलरको भाउ अझै १-२ रुपैयाँले बढ्न सक्ने छ ।

डलरको भाउ २०७७ वैशाख १० गते सर्वाधिक उचाइमा पुगेको थियो । त्यो दिन डलर १२३ रुपैयाँ २४ पैसा पुगेको थियो । त्यसपछि डलरको भाउ घटेको थियो । पछिल्लो २ महिनायता भने डलरले डरलाग्दो वृद्धि हासिल गरेको हो । डलरले पछिल्लो डेढ महिनायता नयाँ नयाँ रेकर्ड राख्दै आएको छ ।

यसरी बन्यो अमेरिकी डलर विश्वकै शक्तिशाली मुद्रा

अमेरिकी क्रान्तिको सुरुवातमा तथा सोभन्दा पहिले अमेरिकामा इंगलिस, स्पेनिस र फ्रेन्च करेन्सी प्रयोग हुने गथ्र्यो । सन् १६९० ताका मासाचुसेट्सको बे कोलोनीले पहिलो पटक कागजी मुद्रा छपायो । उक्त मुद्रा सन् १७७५को क्रान्तिकारी युद्धमा वित्तीय सहयोग गर्नका लागि कन्टिनेन्टल कंग्रेसले प्रयोग गर्यो । द्धन्द्धको अन्त्यसँगै उक्त मूद्राको अवमूल्यन भयो ।

सन् १७८१मा कन्टिनेन्टल कंग्रेसले फिलाडेल्फियामा बैंक अपस् नर्थ अमेरिकाको स्थापना गर्यो । उक्त बैंक अमेरिकाको पहिलो औपचारिक बैंक थियो, जसको स्थापनाको एकमात्र उद्देश्य थियो, क्रान्तिकारी द्धन्द्धका लागि वित्तीय सहयोग जुटाउनु । यो बैंक पनि द्धन्द्ध समाप्त भएपछि टिक्न सकेन ।

१७८५ मा कन्टिनेन्टल कंग्रेसले डलरलाई राष्ट्रिय मुद्राको रुपमा प्रचलनमा ल्यो । त्यो समयमा विभिन्न निजी बैंकहरुले थुप्रै किसिमका मुद्राहरु छाप्ने गरेका थिए । सन् १७८९ मा संविधान बनेसँगै पुनः बैंकको आवश्यकता महशूस गरियो र कन्टिनेन्टल कंग्रेसले संयुक्त राज्यकै पहिलो बैंक स्थापना गर्यो । उक्त बैंकलाई नोट छपाईको अधिकार प्रदान गरियो, जसले मुद्रा छपाईँको विषयमा भएको अन्यौलता हटायो र व्यापार तथा कारोबारमा सहजता ल्यायो । सोही बैंकले संयुक्त राज्य कोषको वित्तीय एजेन्टको रुपमा र मुलुकको केन्द्रीय बैंकको रुपमा काम गर्न थाल्यो ।

यूएस मिन्टको सुरुवात

सन् १७९२मा संघीय मौद्रिक प्रणालीको स्थापना भयो जसले पिस्लाडेल्फियामा यूएस मिन्टको सुरुवात गर्यो । सन् १८१६ मा अमेरिकाको दोस्रो बैंकको स्थापना भयो । १८३६ सम्ममा थुप्रै निजी बैंकहरुले ३० हजारभन्दा बढी प्रकारका कागजी नोट छपाए । यसले विनिमयमा अन्यौलता ल्यायो भने कारोबारमा समस्या सृजना गर्यो । सन् १८६१ को सिभिल वारमा डिमाण्ड नोटको रुपमा कागजी मुद्रा छपाउने अधिकार कंग्रेसले केन्द्रीय बैंकको रुपमा काम गरिरहेको बैंकलाई दियो । सन् १८६२ मा उत्तस् डिमाण्ड नोटलाई युनाइटेड स्टेट्स नोटले विस्थापित गर्यो ।

त्यसपछि, संयुक्त राज्यको कोषको सेक्रेटरीलाई निजी बैंकहरुले छपाएको मुद्रालाई बन्द गर्न कंग्रेसले सघायो । ती नोटहरुलाई बन्द गर्ने व्यवस्था मिलाउन ६ वटा ट्रेजरी डिपार्टमेन्टका कर्मचारीहरुको श्रम खर्च भएको थियो । सन् १८६३ मा अमेरिकी मुद्राको डिजाइन तयार गरियो । सन् १८६५मा ट्रेजरी डिपार्टमेन्टले सुनको मुद्राको सट्टामा गोल्ड सर्टिफिकेट जारी गर्यो, जुन १९३३ सम्म चल्यो । ट्रेजरी डिपार्टमेन्टले विरोधलाई नियन्त्रण गर्न युनाइटेड स्टेट्स सिक्रेट सर्भिसको स्थापना गर्यो । सो समयमा, चल्तीमा एकतिहाई मुद्राको विरोध हुने अनुपान गरिएको थियो ।

राष्ट्रिय बैंक नोटको सुरुवात

सन् १८६६ मा अमेरिकी सरकारको सुरक्षामा जारी गरिएको राष्ट्रिय बैंक नोटले प्रभाव जमायो । यो समयमा बैंक निक्षेपको ७५ प्रतिशत हिस्सा राष्ट्रिय स्तरका बैंकहरुले ओगटेका थिए । यो समयसम्ममा राज्यस्तरका बैंक नोटहरु बन्द भइसकेकाले केही समयका लागि मुद्राको भाउमा स्थीरता देखियो । सन् १८७७ देखि ट्रेजरी डिपार्टमेन्टको इन्ग्रेभिङ एण्ड प्रिन्टिङ ब्युरोले सबै अमेरिकी मुद्रा प्रकाशन गर्न थाल्यो । सन् १८७८ मा ट्रेजरी डिपार्टमेन्टलाई सिल्भर डलर साट्नका लागि सिल्भर सर्टिफिकेट बनाउने जिम्मेवारी सुम्पियो, जुन सन् १९५७ सम्म चल्यो ।

१८९३ र १९०७ मा भएको वित्तीय संकटपछि १९१३ मा पस्ेडरल रिजर्भ एक्ट पारित भयो । यसले पस्डेरल रिजर्भ सिस्टमलाई मुद्रा प्रवाह तथा आर्थिक स्थीरता र वृद्धिका लागि कर्जाको नियमन गर्नका लागि मुलुकको केन्द्रीय बैंकको रुपमा खडा गर्यो । यो सिस्टमलाई पस्रेडरल रिजर्भ नोट प्रकाशन गर्ने अधिकार पनि दियो । हाल, अमेरिकामा चल्तीमा रहेका मुद्राको ९९ प्रतिशत हिस्सा पस्ेडरल रिजर्भ नोटले ओगटेको छ भने पस्डेरल रिजर्भले मात्रै मुद्रा छपाईको अख्तियारी पाएको छ ।

२० औँ शताब्दीको अन्त्यमा सेक्युरिटी थ्रेडको सुरुवात

२० औँ शताब्दीमा प्रवेश गरेसँगै अमेरिकी मुद्रामा स्थीरता आइसकेको थियो । यद्यपि, मुद्राको डिजाइनहरुमा भने समयसमयमा सामान्य परिवर्तनहरु भए । सन् १९२९ मा मुद्राको आकारलाई २५ प्रतिशत घटाइयो र अगाडी फोटो र पछाडी स्मारक रहने गरी एक निश्चित डिजाइनमा ल्याइयो । सन् १९५७ मा पहिलोपटक कागजी मुद्रा जारी गरियो जसमा इन गड वी ट्रष्ट अर्थात भगवानमाथि हाम्रो भरोसा लेखिएको थियो । १९६३ र त्यसपछिका मुद्राहरुमा पनि सो भनाई राखिएको थियो ।

नक्कली नोट छपाईलाई बन्द गराउन सन् १९९० मा सेक्युरिटी थ्रेड तथा माइक्रोप्रिन्टिङको सुरुवात गरियो । १९९० देखि ५० र २० डलरका नोटमा यस्तो सेक्युरिटी राखिएको थियो । पछि, १९९३ देखि एक डलरबाहेक सबै दरका नोटमा यस्तो फिचर राख्न थालियो ।

नयाँ दरका नोट छपाउने भन्दै सन् १९९४ मा ट्रेजरी डिपार्टमेन्टले मुद्राको पुनः डिजाइन गर्यो । नयाँ डिजाइनको एक सय डलरको नोट सन् १९९६ मा सुरु भएको थियो भने ५० को १९९७ मा र २० को १९९८ मा सुरु भएको थियो । सन् २००० मा पाँच र १० डलर दरका नोटको पुनः डिजाइन गरियो र नोटहरुलाई थप सुरक्षित बनाइयो ।

यसरी, सन् १८६३ फेब्रुअरी २५ मा तत्कालीन राष्ट्रपति अब्राहम लिंकनद्धारा नेशनल बैंकिङ एक्टमा हस्ताक्षर गरि अमेरिकी इतिहासमा पस्डेरल डलर छपाइका लागि मार्ग प्रशस्त गरिएको थियो । सोही मुद्रा आज आएर संसारकै शक्तिशाली मुद्रामध्येको एकका रुपमा चल्तीमा रहेको छ । अमेरिकी डलर आज अमेरिकामा मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा नै प्रयोगमा आउने गरेको छ । bankingkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *