धितोपत्र कारोबारमा ‘एओएन’को प्रावधान हट्यो

१७ असार २०७९, शुक्रबार ०७:१२

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र कारोबारमा विक्रीतर्फको अल अर नन् (एओएन) फिचर हटाएको छ । नेपाल धितोपत्र बोर्ड र १९ बुँदे कार्यान्वयन समितिबीचको पहिलो बैठकमा एओएन फिचर हटाउने निर्णय भएको थियो । सोही निर्णयअनुसार नेप्सेले असार १९ गतेदेखि लागू हुनेगरी उक्त प्रावधान हटाएको हो ।

यसअघि खरीदमा समेत रहेको एओएन प्रावधान विरोधपछि हटाइएको थियो । खरीद तथा विक्रीमा एओएन अप्सन राखेर ठूलो माग वा विक्री देखाएर ठूला लगानीकर्ताले बजारलाई प्रभावित बनाउने गरेको पाइएपछि बोर्डले यसको अध्ययन गरेको थियो । सोहीअनुरूप उक्त प्रावधान हटाइएको बोर्डका एक अधिकारीले जानकारी दिए ।

यस्तो प्रावधान हटेपछि अब वास्तविक खरिद र विक्रीकर्ता मात्र टीएमएस सिस्टममा हुनेछन् । जसले नक्कली माग वा आपूर्ति देखाउने सम्भावना रहने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *