मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीहरुको पद र सेवा सुविधा नघट्ने

२१ असार २०७९, मंगलवार ०३:२०

बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीहरुको पद तथा सेवा सुविधा नघट्ने जनाएको छ । समितिले असार ६ गते जारी गरेको सर्कुरलमा थप व्यवस्था गरि यस्तो निर्देशन दिएको हो ।

सोमबार सबै बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै गाभ्ने/गाभिने संस्थाका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमा कम्पनीहरुमा कर्मचारीहरुको साविकमा रहेको पद अनुसारको तह वा श्रेणी भन्दा कम नहुने गरी पद मिलान गर्न निर्देशन दिएको छ ।

यस्तै गाभ्नेरगाभिए बन्ने बीमा कम्पनीका कर्मचारीहरुलाई कुनै मर्का नपर्ने गरी र खाई पाई भएको तलब भत्ता तथा सुविधा नघट्ने व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ । मर्जर पश्चात बन्ने कम्पनीका कर्मचारीहरु कर्मचारीहरु काम गर्न इच्छुक नभए उपयुक्त सुविधा सहितको स्वेच्छिक अवकाशको योजना बनाई लागू गर्न समितिले निर्देशन दिएको छ ।

यसैगरी असार ६ गते जारी भएको निर्देशनबाट समितिले गाभ्नेरगाभिने कार्यमा संस्थाका सञ्चालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक मर्जर समितिको सदस्य हुने नपाई भन्ने व्यवस्था हटाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *