रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्स गाभिने सम्झौता

३० असार २०७९, बिहीबार ०४:१६

दुई जीवन बीमा कम्पनी रिलायन्स र सानिमा गाभिने भएका छन् । दुबै कम्पनीको संचालक समितिको बैठकले एकआपसमा गाभिन स्वीकृति दिएसँगै गाभिने सम्बन्धमा सम्झौता भएको छ ।

प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरे । दायित्व तथा सम्पत्ति मूल्यांकन पश्चात् अन्यथा नभएमा १ बराबर १ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमति भएको छ । दुईमध्ये जुन कम्पनीको सेयर जति छ, मर्जपछि बन्ने कम्पनीको सेयर पनि त्यति नै रहने छ । दुबै कम्पनीको सेयर कारोबार राेक्का भइसकेको छ । अन्तिम कारोबार मूल्य सानिमाको प्रतिकित्ता ३४५ र रिलायन्सको ३३५ रुपैयाँ छ । यी दुबै पछिबाट खुलेका जीवन बीमा कम्पनी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *