Banking Khabar
बैंकिङ

कामना सेवा विकास बैंकको २१ औं शाखारहित बैंकिङ्ग सेवा सलकपुरमा

July 15, 2022
सेयर:

कामना सेवा विकास बैंकले इलाम जिल्लाको सलकपुरमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबारबाट उक्त स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हाे ।

उक्त शाखा रहित बैंकिङ्ग सेवाको  सुरुवात वडा नं. ०६ का वडा सदस्य धिरज राईले गरेका थिए ।  बैंकले सलकपुरस्थित अधिकारी एग्रो बनानाज फुड जोन (प्रो. याम प्रसाद अधिकारी) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेकाे छ ।

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएकाे छ ।