सांग्रिला डेभलपमेन्ट बैंकको दशैंमा उपहार, मुद्दतीमा आकर्षक ब्याज

१ आश्विन २०७८, शुक्रबार १५:५१

१ असोज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत (९.५ प्रतिशत व्याजदरमा ०.५ प्रतिशत थप प्रिमियम सहित) ब्याज भुक्तानी गर्ने सार्वजनिक गरेको छ ।

बैंकले ३ महिना र त्यसभन्दा बढी अवधिका व्यक्तिगत मुद्धति निक्षेपमा सर्वाधिक १० प्रतिशत ब्याजदरको अफर सार्वजनिक गरेको हो । दशैं जस्ता महान पर्वको अवसरमा ०.५ %  प्रिमियम समेत थप्न मिल्ने मुद्दति निक्षेप योजना सार्वजनिक गरिएको छ ।

यसर्थ बैंकको व्यक्तिगत मुद्धति खातामा निक्षेप राख्नेले वार्षिक १०% सम्म ब्याज पाउनेछन् । यसका साथै बैंकले संस्थागत मुद्धति पनि ९.५ % वार्षिक ब्याजदरको अफर सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *