मर्जरमा जाने संस्थाको सेयर कारोबार रोक्का हुने नीति हट्ने

१२ श्रावण २०७९, बिहीबार १२:००

नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजेशनमा जाने संस्थाको सेयर कारोबार रोक्का हुने नीति हटाउने जनाएको छ । “अहिले सेयर किनबेच एकीकृत कारोबार नहुँदासम्म हुँदैन् ।” बोर्ड अध्यक्ष रमेश कुमार हमालले १० दिनभित्रमा मर्जर तथा प्राप्ति सम्बन्धि निर्देशिका जारी गर्ने र २० दिनमा कार्यान्वयन गर्ने जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैकले चालु आवको मौद्रिक नीति ल्याउदा मर्जर तथा प्राप्तिको समयमा सेयर कारोबार रोक्का गर्ने काम धितोपत्र बोर्डको नियम अनुसार हुने नीति ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *