इमर्जिङ्ग नेपालको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त
२२ श्रावण २०७९, आईतवार १०:३२
इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त हुनुभएको छ । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७० औं बैठकको निर्णयअनुसार साउन २० गते बाट नै लागू हुने गरि उनलाई निमित्त प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।
हिरोवट युनिभर्सिटी, युकेबाट बिबिए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेण्ट एण्ड बैकिङ्ग लिमिटेडमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव छ । मर्चेण्ट एण्ड बैकिङ्ग क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिंदा संस्थागत विकासमा अगाडि बढ्ने विश्वास कम्पनीले लिएको छ ।