सिक्लेस हाइड्रोपावरको आईपीओ निष्कासन
२९ भाद्र २०७९, बुधबार ०४:१८
सिक्लेस हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन भएको छ ।
कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको छ । जसमा ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष, ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी १० लाख ५८ हजार कित्तामा सर्वसाधारण लगानीतर्काले आवेदन दिन पाउनेछन् ।
आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असोज १२ गतेसम्म आवेदन दिन सकिने छ ।