Banking Khabar
शेयर बजार

नेप्सेमा सेञ्ट्रल फाइनान्सको ७% बोनस शेयर सूचीकृत

July 26, 2021
सेयर:

११ साउन, काठमाडौं । नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) मा सेञ्ट्रल फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

सोमवार कम्पनीको ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त कम्पनीले बोनस शेयर वापतको ५ लाख ७६ हजार ३७८ दशमलव ५०१३ कित्ता शेयर सूचीकृत गराएको हो ।

मंगलवारदेखि कारोबारयोग्य हुने उक्त शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न पाउनेछन् ।