बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ७१ अर्ब रुपैयाँ पुग्यो

३ आश्विन २०७९, सोमबार ०२:५३

नेपाल राष्ट्र बैंकका अनुसार असोज १ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ २९ गतेसम्म कुल निक्षेप ५० खर्ब ६६ अर्ब रुपैयाँ थियो। यस हिसाबले यो ३ दिनको अवधिमा निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ।

यसैगरी बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी भने यो अवधिमा १ अर्ब रुपैयाँले घटेको छ। गत भदौ २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब ७१ अर्ब रुपैयाँ रहेकोमा असोज १ गतेसम्म घटेर ४७ खर्ब २० अर्ब रुपैयाँमा झरेको छ। असोज १ गतेसम्म बैंकिङ प्रणालीमा अधिक तरलता १६ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *