एनएमबि बैंकले सस्तो ब्याजमै गाडी ऋण दिने, २४ घण्टमै ऋण स्वीकृति
११ साउन, काठमाडौं । एनएमबि बैंकले नयाँ आर्थिक वर्ष लागेसँगै गाडी कर्जामा नयाँ स्किम ल्याएको छ।
बैंकले ब्याज दर सस्तो र स्थिर भएको ऋण स्किम ल्याएको हो। ऋण कागजपत्र बुझाएको २४ घण्टामै ऋण स्वीकृत हुने बैँकले बताएको छ।
बैंकका अनुसार ऋणको ब्याज दर वार्षिक ८.४९ प्रतिशत हुने छ। निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ। असारको आधार दर ७.३३ प्रतिशत छ। ग्राहकको आफ्नै गाडी चढने सपनालाई सस्तो ब्याजले सहयोग पुर्याउने बैंकले जनाएको छ।
एनएमबि बैंकले विद्युतीय गाडीको हकमा भने बेस रेटमै कर्जा प्रदानगर्दै आइरहेको छ । यसरी ग्राहकवर्गको आफ्नै गाडी चढने सपना पुरा गर्न समान ब्याजदरले झन सघाउ पु¥याउने विश्वास बैकले लिएको छ ।