सानिमा लाईफले ६० करोड रुपैँयाको आईपिओ निष्काशन गर्दै, कहिले खुल्छ आवेदन ?

१२ श्रावण २०७८, मंगलवार ०७:२९

१२ साउन, काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनिले साउन २० गतेदेखि सर्वसाधरणका लागि ठुलो संख्यामा साधरण शेयर बिक्रि खुल्ला गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरको करिब ६० करोड बराबरको शेयर निष्काशन गर्न लागेको हो । संस्थाले आफ्नो २ अर्व बराबरको अघिकृत पूँजिबाट ३० प्रतिशतको शेयर विक्रि गर्ने भएको छ ।

निष्कासित शेयर मध्ये ३ लाख कित्ता कर्मचारीलाई, ३ लाख कित्ता सामूहिक लगानी कोषलाई बिक्रि छुट्याएको छ । सर्वसाधरणले भने ५४ लाख कित्ता शेयरमा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। उक्त कम्पनिको आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सको आईपिओमा आवेदन दिन इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *